FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको जिल्ला मध्ये धनुषा जिल्ला नेपालको दक्षिणी तराई तथा जनकपुर अञ्चलको ६ जिल्ला मध्ये एक हो र हाल विभाजन अनुसार प्रदेश नं. २ मा पर्दछ । प्रसाशनिक विभाजन अनुसार यस जिल्लामा ४ निर्वाचन क्षेत्र,  ११ नगरपालिका,६ गाउँ पालिका एक उप महा नगरपालिका रहेका छन् त्यस अन्तर्गत औरही गाउँपालिका धनुषा जिल्लाको निवार्चन क्षेत्र नं २ अन्तर्गत पर्दछ । साविकमा समावेश भएका गा.वि.स.हरु पौडेश्वर, औरही, देउरीपरवाहा र चक्कर गा.वि.स. रहेका छन् । यसको कुल जनसंख्या २२५७८ रहेका छन भने कुल क्षेत्रफल २५.५६ वर्ग कि.मि. रहेका छन् । यस गाउँपालिकाको प्रस्तावित केन्द्र भने साविक गा.वि.स. देउरी परवाहा वडा नं. ८हालको औरही गाउँ पालिका वडा नं. २ मा पर्दछ । यस गाउँपालिका अन्तर्गत ६ वटा वडाहरु छन् । जस मध्ये सविकका गा.वि.स.पौडेश्वर (१ देखी ८) वडा न.१ , देउरीपरवाहा (१देखी ९) र पौडेश्वर (९) वडा वडा न. २, औरही (५देखी९ सम्म) वडा नं. ३, औरही (१देखि ४ सम्म) वडा नं. ४, चक्कर (५,७,८,९) वडा नं. ५ र चक्कर (१,२,३,४,६) वडा नं. ६ पर्दछ । यस गाउँपालिकाको उतरमा हंस्पुरकठपुल्ला न.पा., दक्षिणमा धनौजी गा.पा., र पूर्वमा विदेह न.पा. छ भने पश्चिममा जनकपुर उप महा नगरपालिकाको सिमाना पर्दछ ।यस गाँउपालिकाको सम्पूर्ण भू–भाग समतल नै भएको देखिन्छ ।
त्रेतायुगबाट नै आइरहेको जनकपुरलाई केन्द्र मानेर जनकपुर देखि १५ किमि को अर्धव्यास बनाएर १५ दिनको यात्रा गरिन्छ । यसलाई परिक्रमा भनेर चिनिन्छ । यो परिक्रमा पञ्चकोशी परिक्रमाको रुपमा पनि प्रख्यात छ । परिक्रमा धनुषाको काचुरी स्थित मिथिला विहारीबाट शुरु हुन्छ । यस परिक्रमा मेलामा नेपाल र भारत बाट आएका लाखैैँ मानिसहरुको सहभागिता रहन्छ र यो परिक्रमा यात्रा जनकपुरको हनुमान नगर, हुदै कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुव कुण्ड, कञ्चन बन, क्षिरेश्वर स्थान, पर्वता, धनुषाधाम, सतोषर, औरही हरुशाहा, भारतको करुणा, विसौल हुँदै फेरी कल्याणेश्वरमा आइपुग्दछ । यसरी परिक्रमा गर्दा हरेक स्थानमा एक रात विताउँदै गरिन्छ । त्यस १५ दिने परिक्रमामध्ये औरही हरुशाहामा आइपुग्दा त्यहा एकादशी पर्व पर्ने भएको हुदा १५ दिन मध्ये उक्त दिनलाई महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।रात विताएको ठाउँमा थुप्रै कार्यक्रमहरु तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिन्छ । यो यात्रा १४ र्औँ दिनमा जनकपुरधाम आइपुग्दछ । जनकपुरमा फाल्गुण पुर्णिमाको दिन गृह परिक्रमा सम्पन्न गरिन्छ ।त्रेतायुगमा औरब ऋषि नामको तपस्बी तपस्या गर्नको लागि आएका थिए उक्त ठाउँमा तपस्या गर्नको लागि बस्दा खेरी आन्धी बेरी, हवाहुरी आएका थिए तर तपस्वी बसेको ठाउँमा उक्त हावा हुरी तथा आन्धी बेरीको कुनै असर नपरेको हुनाले उक्त ठाउँको नाम औरब ऋषिको नामबाट औरब र तपस्वी उक्त ठाउँमा तपस्या गरी रहदा रही कृतज्ञ भइै उक्त ठाउँको नाम औरही हुन गएको हो भने आमनागरिकको धारण छ ।त्यसैको आधारमानी यस गाउँपालिकाको नाम पनि औरही गाउँपालिका हुन गएको हो ।
भौगोलिक स्थिति
पूर्व    ः    विदेह न.पा.
पश्चिम    ः    जनकपुर उप महा न.पा.
उत्तर    ः    हंशपुर कठपुल्ला न.पा.
दक्षिण    ः    धनौजी गा.पा.
अक्षांश    ः ८५.९८’ देखि ८६.००’ उत्तर
देशान्तर    ः २६.७०’ देखि २६.७०’ पूर्व
उचाई    ः    समुन्द्र सतहबाट ४४ मिटर     
राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं.         ः २
विकास क्षेत्र    ः    मध्यमाञ्चल विकास क्षेत्र
अञ्चल    ः    जनकपुर
जिल्ला    ः    धनुषा
संसदीय निर्वाचन क्षेत्र नं.    ः २
प्रदेश निर्वाचन क्षेत्र नं.   ः  २(२)
गापाको केन्द्र   वडा नं.२(देउरी परवाहा),औरही गापा.
साविक गाविस संख्या    ः    ४
जनसंख्या (द्दण्टड को जनग०ाना अनूसार)
महिला ः ११२४७ जना (४९.८१%)
पुरुष ः ११३३१ जना (५०.१८%)
जम्मा ः २२५७८ जना (१00% प्रतिशत)
घरधुरी संख्या ः ४००३
सरदर परिवार आकार ः ५.३६
जनसंख्या वार्षिक बृद्धिदर ः १.१४

    शैक्षिक स्थिति ः
सामुदायिक आधारभुत विद्यालयः ५ वटा
सामुदायिक माध्यमिक विद्यालयः २ वटा
उच्च मा.वि.  ः ३ वटा
संस्थागत विद्यालय संख्या प्रा.वि.तह ः ११
बालविकास केन्द्र विद्यालयमा आधारितः १९    
बाल विकास केन्द्र समूदायामा आधारित ः छैन
सामूदायिक अध्ययन केन्द्र ः २
विशेष शिक्षाका कक्षा     ः छैन
मदर्सा संख्या ः ५
सामुदायिक विद्यालयको शिक्षक संख्याः
प्रा.वि.शिक्षक संख्या ः स्थायी ३१,अस्थायी ५, राहत १५
नि.मा.वि.शिक्षक संख्याः स्थायी १०
मा.वि.शिक्षक संख्या ः स्थायी १३, अस्थायी १, राहत ७
उच्च मा.वि.शिक्षक संख्या ःदरबन्दी ७ वटामा पदपूर्ति ३
स्वास्थ्य संस्थाको स्थिति
प्रा.स्वा.केन्द्र             ः   १
स्वास्थ्य चौकी            ः   ३  
गाउ३र क्लिनिक          ः   २०
खोप क्लिनिक            ः   २०
महिला स्वास्थ्य स्वयमसेविका सेवक    ः   ३६
औषधी प्रकार ः ३४
MBBS.डा संख्या ः १ स्थायी, करार १
स्टाप नर्स संख्या ः१,अनमी १, अ.हे.व.३,ल्या.टे.१, कास २
स्वास्थ्य चौकीमा दरवन्दी संख्या ः ६     
भू–उपयोगः
कूल क्षेत्रफलः २५.५६ वर्ग किलोमिटर
खेतीयोगिय जग्गा कूल क्षेत्रफलः३३८७-२-१३